सर्लाहीमा गठबन्धनका उम्मेदवारको अग्रता

सर्लाही | मंसिर ७, २०७९

सर्लाहीमा गठबन्धनका उम्मेदवारको अग्रता

सर्लाही:   सर्लाही निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि सभा र प्रदेश सभाको दुवै तर्फ गठबन्धनका उम्मेदवाको अग्रता रहेको छ । 


वामलोकतान्त्रिक गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामप्रकाश चौधरी नौ हजार तीन सय ८३ मतका साथ अग्रस्थानमा रहनुभएको जिल्ला निर्वाचन कार्यालय निर्वाचन अधिकारी निर्मल पोखरेलले जानकारी दिनुभयो । 


उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्का आठ हजार एक सय ७२ मतका साथ दोस्रो स्थानमा रहनुभएका छन् । 

यता सर्लाही निर्वाचन क्षेत्र नं १ (१) मा प्रदेशसभा तर्फ वामलोकतान्त्रिक गठबन्धनका तर्फबाट लोसपाका उम्मेदवार उपेन्द्र महतो अग्रस्थानमा रहनुभएको छ । 


त्यस्तै सर्लाही निर्वाचन क्षेत्र नं १ (२)मा प्रदेशसभा तर्फ गठबन्धनका तर्फबाट नेकपा एसका उम्मेदवार बेचि लुङ्गेलीको जीत नजिक पुग्नु भएको छ । 

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्

पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

थप पढ्नुहोस्